Thursday, September 12Nepal News Portal
Shadow

आज पनि घट्यो नेप्से


काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज पनि घटेको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको बजार मंगलबार ०.२३ प्रतिशतले घटेको हो ।

आज नेप्से ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा झरेको छ । २७१ कम्पनीको २३ लाख ३६ हजार ३२५ कित्ता सेयर ६९ लाख २२ हजार ७१ हजार ७५५ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटीभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ३५७.०२ विन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ६ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन म्युचअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ०.५४ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूहको समूहगत सूचक १.५३ प्रतिशतले घटेको छ ।

आज आत्मनिर्भर लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.२० प्रतिशतले बढेर ४३६.९० रुपैयाँ कायम भएको छ । स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेडको सेयर मूल्य ४.७० प्रतिशतले घटेर ३०४ रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्