Wednesday, October 16Nepal News Portal
Shadow

नेप्सेमा ९ अंकको गिरावट


काठमाडौं । आज नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से ९.१८ अंकले घटेर १,८५७.२३ को विन्दुमा कायम भएको हो ।

आज ५१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता शेयर किनबेच हुँदा ६२ करोड २ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.९ प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगाका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्