Tuesday, February 20Nepal News Portal
Shadow

मिडिया क्षेत्रकै पहिलो आईपीओ जेठ २६ गतेदेखि निष्कासन हुने


काठमाडौं । नागरिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले प्राथमिक सेयर (आईपीओ) सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकाहरूलाई निष्कासन गर्ने मिति तय गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कसन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि १० प्रतिशतले हुन आउने चार लाख ३५ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यो आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरूले जेठ १४ गतेसम्म ओदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले सर्वसाधारणलाई ३५ लाख २५ हजार ९३० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । यो आईपीओमा आवेदकले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने छ । जेठ ३० गतेसम्म माग अनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने एक लाख ७४ हजार १२० कित्ता आईपीओ कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार ६५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएको छ । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम जनाउँदछ ।

Total Page Visits: 135 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्