Wednesday, February 12Nepal News Portal
Shadow

यातायातमन्त्री ज्वाला नै भन्छन्ः मेरै लाइसेन्स एक वर्षदेखि आएको छैन


काठमाडौं । भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नो सवारी लाइसेन्स ‘पेन्डिङ’मा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटीः सजेसन्स फर पोलेसी एन्ड बजेट २०८०/८१’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले आफ्नो लाइसेन्स प्रक्रियाको क्रममा रहेको बताएका छन् ।

यातायात क्षेत्रमा धेरै विसंगति रहेको भन्दै उनले ढिलासुस्ती पनि एक कारण बताएको बताए । यसलाई सुधार गर्न आफू लागिपर्ने उनले उल्लेख गरेका छन् ।

“यातायात क्षेत्रमा केही विसंगति, विकृति, समस्य र जटिलताहरू छन् । जस्तो कि लाइसेन्सकै कुरा छन् । ६ महिनार८ महिनादेखि लाइसेन्स नपाएका पनि छन् । अहिलेसम्म मेरै लाइसेन्स आएको छैन, एक वर्ष भइसकेको छ,” उनले भने, “मन्त्रीज्यूको बनाइदिनुपर्छ कि भन्दै हुनुहुन्थ्यो । अहिले मेरो बनाउन परेन । जुन दिन मेरो लाइन हो, त्यही दिन लिउँला ।”

लाइसेन्सका लागि पर्खाइमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्नेतर्फ आफ्नो ध्यान रहेको पनि उनले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्