Friday, March 29Nepal News Portal
Shadow

यस्तो छ शुक्रबारको मौसम


काठमाडौं । शुक्रबारबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ ।

शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Total Page Visits: 168 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्