Sunday, February 25Nepal News Portal
Shadow

मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना


काठमाडौं । सरकारले मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था गरेको छ । पैसा दिने अनी मिटर ब्याजमा पैसा लगाउनेलाई उक्त कारबाही हुने व्यवस्था गरेको हो ।

सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन गरेमा वा गराएमा उक्त कानुनी व्यवस्था गर्दै राजपत्रमा सूचना प्रकाशित गराएको छ ।

यस्तै ऋणीबाट रकम वा कुनै अन्य चल अचल सम्पत्ति लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा चल अचल सम्पत्ति बराबरको रकम कसूरदारबाट भराइने व्यवस्था गरिएको छ ।

लिखत तयार गर्दा साहु र ऋणीको कम्तीमा १/१ जना साक्षीको नाम थर ठेगाना हुनुपर्ने व्यवस्था गरेको छ ।

१ लाख रुपैयाँ भन्दा बढीको लेनदेन कारोबार नगदै वा घरसारमा गरेको भएमा त्यस्तो रकम नभराउने पनि उल्लेख छ ।

अनुचित लेनदेन सम्बन्धी कार्यलाई कसुर कायम गर्नको लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनिय भएको र हाल संघीय अधिवेशन नभएकाले संविधानको धारा ११४ को उपधार १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको छ ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्