काठमाडौं । देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ। पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो।
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उनले बताए।
त्यस्तै कोशी, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।