Thursday, February 29Nepal News Portal
Shadow

१९.१२ अंकले घट्यो नेप्से


काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक १९.१२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार १२.७३ अंकले उकालो लागेको बजार आज घटेर १८५०.६१ बिन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा पनि कमी आएको छ । गत बिहीबार ७३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबारको तुलनामा करोबार रकम झन्डै १३ करोडले घटेको हो ।

आज २६३ धितोपत्रको २० लाख १५ हजार ९५९ कित्ता खरिदबिक्री भएको छ । शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने मकर जितुवा सुरी हाइड्रोपावरको १ करोड ८९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

सर्वाधिक सेयरमूल्य वृद्धि हुनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो संस्थाको सेयरमूल्य ८.२२ प्रतिशतले वृद्धि भएर ५४२ रुपैयाँ ७० पैसा कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूच घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ ।

Total Page Visits: 87 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्