Friday, January 24Nepal News Portal
Shadow

सिद्धार्थ बैंकले नौलो बचत योजना ल्यायो सञ्चालनमा


काठमाडौं । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘ सिद्घार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ।

बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत १ सय रुपैयाँभन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट स–साना बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकको भनाइ छ।

यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ।

साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ।

यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरूले डेबिट कार्डमार्फत पहिलो पटक पिओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम १ सय रुपैयाँ) क्यासब्याक पाउन सक्नेछन्।

यस खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै सानो बचत गरी आफ्नो बालबालिकाहरूको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंककोे १९५ शाखा कार्यालयहरूबाट सहजै यो बचत खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्