Wednesday, January 15Nepal News Portal
Shadow

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर आईपीओे आउने पक्का


काठमाडौं, पुस १२ (ससं)। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर आईपीओे आउने पक्का भएको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीको आईपीओे आउने पक्का भएको हो।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आईपीओे निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो। सोहीअनुसार बोर्डले यही पुस १० गते निष्कासनको अनुमति दिएको जानकारी दिएको छ।

बैंकले ल्याउन लागेको आईपीओे नेपाली पुँजी बजार इतिहासको सबैभन्दा ठूलो हो। नेपालको पुँजी बजारमा अहिलेसम्म कुनै पनि कम्पनीले एक्लैले ८ करोड कित्ता आईपीओे जारी गरेका थिएनन्।

इन्फ्रास्ट्रक्चर बैंकले आईपीओे जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुग्ने छ। हाल कम्पनीमा प्रोमोटोर सेयर १२ अर्ब रूपैयाँ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्