Tuesday, February 20Nepal News Portal
Shadow

१६.९३ अंकले घट्यो नेप्से


काठमाडौं । सोमबार (आज)नेप्से परिसूचक १६.९३ अंकले घटेको छ। यस दिन नेप्से ०.९१ प्रतिशतले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको हो।

सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ पुगेको छ।

यस दिन २७० वटा धितोपत्रको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०५ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ७९२ रुपैयाँ पुगेको छ।

यस्तै, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५७५ रुपैयाँ ७० पैसा पुगेको छ।

यसैगरी, इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४८ रुपैयाँ ७० पुगेको छ।

यस्तै, शिवश्री हाइड्रोपावरको सेयरमूल्य ६।३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १९१ रुपैयाँ पुगेको छ। सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३९८ रुपैयाँमा ३ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल दोलखा हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको १८७ रुपैयाँ ९० पैसामा २ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ।

Total Page Visits: 105 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्