काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० तोकिएको छ ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।