Friday, October 11Nepal News Portal
Shadow

स्वर्णिम वाग्ले भन्छन्ः आर्थिक मन्दीको छनक तल्लो तहसम्म देखिन थाल्यो


काठमाडौं । सांसद स्वर्णिम वाग्लेले मन्दीको छनक तल्लो तहसम्म पुगेको भन्दै सजग र सचेत हुनुपर्ने बताएका छन्।

मेक इन नेपाल सम्मेलनको क्रममा वाग्लेले उपभोक्ता मागमा कमी आएसँगै उत्पादनमा ह्रास आइरहेको व्यवसायीहरूले नयाँ लगानी योजना पर सारेकोले तल्लो तहसम्म नै समस्या रहेको बताएका छन्।

म चुनाबमा लड्ने क्रममा चाउचाउ, साबुन बेच्ने व्यवसायीलाई सोध्दा पहोर ४० हजारको कारोबार मासिक हुने गरेकोमा अहिले ७र८ हजार मात्रैको हुने भनाइ थियो। उनले भने यो भनेको आर्थिक मन्दिको छनक तल्लो तहसम्म पुगेको हो।

उनले सरकारले व्यवसायिक र औद्योगिक वातावरण बनाउनको लागि छुट र अनुदानलाई भन्दा पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनलाई ध्यान दिनुपर्ने बताए।

स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्नु राष्ट्रिय हित हुने भएकोले पनि एक हदसम्म महँगो भएर पनि नेपाली उत्पादन प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए।

उनले मूल्य अभिवृद्धि गर्ने उत्पादनमा ध्यान दिन र सुविधा लिन व्यवसायीलाई आग्रह गरे। सरकाले निजीक्षेत्र मैत्री वातवरण बनाउनु पर्ने उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गरेर कानुनी तथा संरचनागत सुधार गर्नको लागि आग्रह गरे।

उनले मेक इन नेपालको उद्देश्य स्वदेशी उत्पादन बढाउने र प्रतिस्पर्धी बनाउने रहेको भन्दै सरकारको तर्फबाट आवश्यक सहयोग चाहिएको बताए।

पछिल्लो डेढ वर्षको अवधिमा यस अभियानमा करिब ११० नेपाली कम्पनी आवद्ध भएको उनले बताए। यी कम्पनीहरूका उत्पादन गुणस्तर र मूल्य दुवै दृष्टिले प्रतिस्पर्धी भएको उनले भने ।

देशको औद्योगिक विकासमा औद्योगिक क्षेत्रको अवधारणा र यसको प्रवर्द्धन आवश्यक रहेको उनले बताए।

जलस्रोत, वन सम्पदा, गिट्टी–ढुंगा, जडिबुटी लगायतमा रहेको व्यवसायिक सम्भावनालाई सन्तुलित र अधिकतम उपयोग गरेर समृद्धि हासिलमा सदुपयोग गर्न उनको आग्रह छ।

५ वर्षमा गिटी ढुंगा निर्यातबाट २ खर्ब र काठजन्य वस्तुको निर्यातबाट एक खर्ब रुपैयाँ आर्जन गर्न सकिने अनुमान गरिएको उनले बताए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्