Friday, October 11Nepal News Portal
Shadow

दृश्य लाउन्जमा सिटिजन्स बैंकका ग्राहकलाई १५५ छुट


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र दृश्य लाउन्ज प्रालिबीच विशेष छुट दिने सम्बन्धि समझदारी भएको छ।

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले उन्जमा छुट पाउने छन्।

कार्डबाहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले जारी गरेको विज्ञप्तिम उल्लेख छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जानकारी दिएको छ।

बैंकका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन्। बैंकका करिव १५ लाख ४० हजार ग्राहक छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्