काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर १ हजार ८ सय २१.६० विन्दुमा बन्द भएको हो ।
नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज नेप्सेमा ६२ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।
आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज ५ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।