Thursday, July 17Nepal News Portal
Shadow

कानुनले दिँदैन नेकपा फुट्न


काठमाडौं, पुस १३ (ससं) । राजनीतिक रूपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विभाजित भएर दुई खेमामा प्रस्ट बाँढिइसकेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी कानुनअनुसार छुट्टिने प्रावधान नरहेको देखिएको छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा एकीकरण भएकाले सत्तारूढ नेकपालाई विभाजित हुनबाट राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ ले प्रतिबन्ध लगाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को (३) ले नेकपालाई मात्रै होइन, यस प्रतिनिधिसभाका कार्यकालमा एकीकरण भएका तरार्ई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र हिन्दू धर्मका साथै संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि विभाजन हुनबाट प्रतिबन्ध लगाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्