काठमाडौं, पुस (ससं)। काठमाडौं महानगरपालिका ५ कालोपुलस्थित लामो गल्लीमा डेरी गरी बस्ने ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठामा चोरी भएको छ।
कोठामा कोही नभएको आवस्थामा करिब सात लाख २० हजार रूपैयाँ मुल्य बराबरका सुनका विभिन्न गहनाहरू आइतबार साँझ चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य प्रहरीले थालेको छ।