काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य बिहीबार पनि स्थिर रहेको थियो।
बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो।