Tuesday, February 20Nepal News Portal
Shadow

सिटी होटेलको आईपीओ आज भयो बाँडफाँट


काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा दश लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । त्यसमध्ये चार हजार ९९२ आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

१० लाख ९२ हजार ६६७ जनाको आवेदन सदर भएकोमा एक लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।

Total Page Visits: 96 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्