काठमाडौं, पुस १४ (ससं) । मिठाई उत्पादनमा राम्रो मानिँदै आएको आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईमा नङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छापा मारेको हो।
मिठाईमा अखाद्य बस्तु फेला परेको सुचना आएपछि प्रहरी टोलीले मुचुल्का गरेको महानगरीय प्रहरी परिसरले का बताएको छ ।
नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक बाट डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।
सो मिठाई खोल्दा नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरेका हुन् । महानगरीय प्रहरी वृत मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुगेको छ ।