Friday, February 23Nepal News Portal
Shadow

जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्दै लुम्बिनी विकास बैंक


काठमाडौं । लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ११ % एलबिबिएल डिबेन्चर २०८९ निष्कासन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

यस्तै, ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन सक्नेछन् भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको ऋणपत्रमा छिटोमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ३० गतेसम्म लम्बिनेछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ।

Total Page Visits: 96 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्