Friday, October 11Nepal News Portal
Shadow

५.८८ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक ५.८८ अंकले वृद्धि भएको छ ।

कारोबारमा आएका २७३ धितोपत्रका ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ६ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १ हजार १२९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ ।

कारोबारमा आएको १३ मध्ये ४ वटाको परिसूचक घटेको छ । परिसूचक घट्नेमा फाइनान्स ०.१८ प्रतिशत, विकास बैंक ०.२२ प्रतिशत, हाइड्रोपावर ०.२८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६२ प्रततिशतले घटेको छ ।

परिसूचक सर्वाधिक वृद्धि हुनेमा निर्जीवन बिमा समूहे छ । यो समूहको परिसूचक २.८ प्रतिशतले वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्