Friday, October 11Nepal News Portal
Shadow

इसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट पैसा पठाउने भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने


काठमाडौं । इसेवा मनि ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरेर रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको सकिएको छ ।

असोज ७ देखि जेठ ६ गतेसम्म इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको हो ।

उक्त अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंम्बर ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर प्रदान कम्पनीले उल्लेख गरको छ ।

अभियानका विषयमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्