काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले जेठ १८ गतेदेखि आइपिओ निष्कासन गर्दै छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो।
सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएकोमा एक लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो।
सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा उक्त सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्कासनमा ल्याउन लागिएको हो।
बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।