Sunday, December 3Nepal News Portal
Shadow

तोलामा ८०० ले घट्यो सुनको मूल्य


काठमाडौं, पुस १४ (ससं) । सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ।

महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको छ भने आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।

Total Page Visits: 570 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्