Wednesday, January 15Nepal News Portal
Shadow

८.१० अंकले बढ्यो नेप्से


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ८.१० अंकले बढेर १ हजार ८ सय ९१.३१ विन्दुमा बन्द भएको हो ।

आज १ अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेड र गुडविल फाइनान्सको शेयरमूल्य पनि आज ६ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्