काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।