Wednesday, October 16Nepal News Portal
Shadow

धितोपत्र बोर्डले ७ कम्पनीलाई दियो स्टक ब्रोकरको लाइसेन्स


काठमाडौं । धितोपत्र बोर्डले ७ कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स प्रदान गरेको छ ।

बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकेको मापदण्ड पुरा गरेका ७ कम्पनीलाई लाइसेन्स दिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।

बोर्ड स्रोतका अनुसार सोमबार लाइसेन्स पाउने कम्पनीमा लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, सन सेक्युरिटिज,क्यापिटल म्यास सेक्युरिटिज रहेका छन् ।

सेयर प्रो सेक्युरिटिज, मियो सेक्युरिटिज, प्रोपर्टी विर्जाड र हिमालयन ब्रोकरेज रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्