काठमाडौं । सरकारले वैशाख महिनामा मात्रै ४७ अर्ब ८६ करोड रूपैयाँ सार्वजनिक ऋण लिएको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार महिनागत रुपमा वैशाखमा सबैभन्दा बढी ऋण उठाइएको हो।
वैशाखमा उठाएको ऋणमध्ये बाह्य ऋण जम्मा ३६ करोड रूपैयाँ छ। आन्तरिक ऋण ४७ अर्ब ५० करोड रूपैयाँ छ।
वैशाख महिनामा नै सरकारले १२ अर्ब ७८ करोड रुपैयाँ विगतमा लिएको ऋणको साँवा फिर्ता, ब्याज तथा कमिशन बुझाएको छ।
आन्तरिक ऋण ७ अर्ब ७७ करोड रूपैयाँ भुक्तानी गरिएकोमा सबैभन्दा बढी ६ अर्ब ७७ करोड ब्याज तिर्न खर्च भएको छ।
त्यस्तै, ९६ करोड साँवा फिर्ता गरिएकोमा ४ करोड ४४ लाख रूपैयाँ कमिशन बुझाइएको छ।
बाह्य ऋणतर्फ वैशाख महिनामा ४ अर्ब २३ करोड साँवा फिर्ता र ७७ करोड रूपैयाँ ब्याज भुक्तानी गरिएको छ। हालसम्म सरकारको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।
सरकारले लियो वैशाख महिनामा ४७ अर्ब ८६ करोड रुपैयाँ ऋण