काठमाडौं । साताको तेस्रो कारोबार दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक २.७१ प्रतिशतले बढेको छ । आज ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दु कायम भएको छ ।
आज २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० लाख २३ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३६७.७४ बिन्दुमा कायम भएको छ ।
यस दिन १३ वटैं उपसमूहको समूहगत सूचक उकालो लागेका छन् । आज उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज उक्त उपसमूहको समूहगत सूचक सार्वधिक ४.०५ प्रतिशतले बढेको छ ।
आज कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सनराइज फस्ट म्युचुअल फन्डको सयेर मूल्य सर्वाधिक २ प्रतिशतले घटेको छ ।