Tuesday, February 20Nepal News Portal
Shadow

नेपाल एयरलाइन्सले मेलेसिया क्वालालम्पुर–भैरहवा उडान साढे एघार हजारमा गर्ने


काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मेलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एघार हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।

एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा–क्वालालम्पुर उडान गर्दै छ । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४२१ जेठ २९ गते भैरहवाबाट क्वालालम्पुर उडान गर्नेछ । उक्त जहाज जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौंमा उडान भर्नेछ ।

उक्त उडानमा क्वालालम्पुर–भैरहवा ११ हजार ४६१ रुपैयाँ भाडादर रहनेछ । साथै, क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको भाडा १२ हजार ३४६ रुपैयाँ हुने निगमले जानकारी दिएको छ ।

Total Page Visits: 92 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्