Sunday, February 16Nepal News Portal
Shadow

१९५९.१२ बिन्दुमा नेप्से


काठमाडौं । बुधबार (आज) नेप्से परिसूचक १६.४९ अंकले बढेको छ। आज नेप्से ०.८५ प्रतिशतले बढेर १९५९.१२ बिन्दुमा पुगेको छ।

बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा सीमित भएको छ।

यस दिन २७० वटा धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको हो।

बुधबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५०३ रुपैयाँ पुगेको छ।

यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ९।९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३० हजार ७९० रुपैयाँ कायम भएको छ।

यसैगरी, सानिमा इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक ३।७७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रुपैयाँ २० पैसामा झरेको छ।

यस्तै, अजोड इन्स्योरेन्सको सेयर मूल्य ३।६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४५१ रुपैयाँमा सीमित भएको छ।

बुधबार पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४६६ रुपैयाँमा १४ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६.७६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ६४९ रुपैयाँ ८० पैसामा ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्