काठमाडौं । नेपाल ग्रामीण विकास संस्थाका संस्थापक अध्यक्ष जनार्दन प्रसाद जोशीको मृत्युपछिको ४५औं दिनमा उनको योगदानको सम्झना गरिएको छ । बुधबार नेपाल ग्रामीण विकास संस्थाका अध्यक्ष सुधीरप्रसाद लोहनीको सभापतित्वमा डिल्लीबजारमा रहेको नेपाल साँस्कृतिक संघको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्था प्रवद्र्धक राष्ट्र उत्थान लघुिवत्त वित्तीय संस्थाका कर्मचारीहरू, कृषि विकास बैंक, साना किसान विकास आयोजनाका स्वर्गीय जोशीका सहकर्मीहरू एवं परिवारजनको उपस्थिति थियो । कार्यक्रममा कृषि विकास बैंकका पूर्व कर्मचारीहरूको पनि उपस्थिति थियो । डिप्रोक्स नेपालका कार्यकारी निर्देशक एवं नाडेप लघुवित्त संस्थाका अधयक्ष पिताम्बर प्रसाद आचार्यले साना किसान विकास आयोजनामा उहाँ खम्बा सरह भएको भन्दै यहींबाट प्रा.मोहम्मद युनुसले लघुवित्तको “गुरूमन्त्र“ पाई बंगलादेशमा सो सुरु गर्न जोशीको ठूलो योगदान रहेकोको चर्चा गरे । त्यस्तै प्रा. युनुसको पहिलो सफ्टलोन लगानीमै जोशीले आफ्नो संस्था नेरुडोलाई नेपालको पहिलो लघुवित्त संस्थाको रूपमा खडा गरेको इतिहास संस्मरण गरे । रुद्र प्रसाद दाहालले उनको योगदानको कदर गर्दै विश्व खाद्य कृषि संगठनको आफ्नो मुख्यालय रोममा जोशीलाई २ वर्ष र पछि कोलम्बोमा कार्य गराएको प्रसंग पनि स्मरण गरे ।
ग्रामीण विकास संस्थाका संस्थापक अध्यक्ष जोशीको मृत्युपछिको ४५ औं दिनमा सम्झना
- स
- स
- स