Thursday, March 28Nepal News Portal
Shadow

संसद् बैठकमा आज अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने


काठमाडौं । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष (आव) २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्‍योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (भोलि) प्रस्तुत गर्ने छ ।

Total Page Visits: 107 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्