Saturday, April 20Nepal News Portal
Shadow

जेठ १६ र १७ गते उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला गर्ने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । उक्त मेला जेठ १६ र १७ गते महासंघको सचिवालय टेकुमा आयोजना हुने भएको हो ।

रोजगार मेला जेठ १६ गते बिहान १० बजे उद्घाटन हुने छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा यो मेला आयोजना गरिएको हो ।

रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहनेछ । मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहनेछ ।

कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ ।

मेलामा १०० भन्दा बढी कम्पनीको सहभागिता रहनेछ भने मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दी बढी युवालाई अवलोकन गराउने लक्ष्य राखिएको छ । कार्यक्रममा रोजगारी, सीप एवं जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श सेसनहरु आयोजना हुनेछन् ।

Total Page Visits: 116 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्