Thursday, March 28Nepal News Portal
Shadow

चालु आर्थिक वर्ष अर्थतन्त्रको हिसाबले राम्रो भएन


काठमाडौं । चालु आर्थिक वर्ष (आव) अर्थतन्त्रको हिसाबले राम्रो नहुने देखिएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा आर्थिक सर्वेक्षण पेस गर्दै आर्थिक वृद्धिदर कम हुने जानकारी दिएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै रूपमा पेस गरिएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष (आव)मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरिएको छ ।

चालु अर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वाग्मती प्रदेशको सबैभन्दा कम १.८ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत र गैरकृषि क्षेत्रको १.९२ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।

Total Page Visits: 111 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्