Friday, March 29Nepal News Portal
Shadow

अर्थतन्त्र ‘पोलिसी ट्र्याप’ मा छ : अर्थमन्त्री महत


काठमाडौं । विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारण नेपाली अर्थतन्त्र ‘पोलिसी ट्र्याप’मा परेको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकार गरेका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको भनेपछि अर्थमन्त्रीले पनि स्वीकार गरेका ह्न् ।
“हो अहिले पोलेसी ट्यापमा परेको छ । यो साँचो कुरा हो । हामीले यो अहिले सृजन गरेको कुरा हैन । पहिलेदेखि कै असर हो,” उनले भने ।
त्यस्तै सहभागीहरुले यसको असर आगामी वर्षका लागि आएको बजेटमा प्रष्ट देखिएको बताए।

बढ्दो चालु खर्च, खुम्चिएको राजस्वका कारणले बजेट घाटा तीव्र विस्तार हुँदै आएको छ। यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ।

ुअहिले नै २ खर्ब ७१ अर्ब बजेट घाटा पुगिसकेको छ। यसको असर आन्तरिक ऋणमा देखिएको छ । आन्तरिक ऋणको तीव्र विस्तारमा यही बजेट घाटाको भूमिका छ। जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुन्छ। यो वर्षको बाँकी अवधिमा सार्वजनिक खर्चमा विस्तार हुन्छ जसले गर्दा अहिलेको घाटा अझै बढ्ने र ऋणको माग झन् बढाउँने देखिन्छु अधिकारीले भने।

 

Total Page Visits: 91 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्