Tuesday, December 5Nepal News Portal
Shadow

एकैदिन १,९१५ जना सवारी चालकमाथि कारबाही


काठमाडौं, पुस १४ (ससं) । ट्राफिक प्रहरीले एकैदिन उपत्यकामा १ हजार ९१५ जना सवारी चालकलाई कारबाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।

कारबाहीमा पर्नेहरूमध्ये सडक तथा फुटपाथमा पार्किङ गर्ने १३८ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ७१ जना, मादप पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३५ जना र सडक लेन पालना नगर्ने ११ जना चालक रहेका छन्।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनहरु पनि सामान्य रुपमानै सञ्चालन भइरहेका छन्।

Total Page Visits: 459 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्