Saturday, April 20Nepal News Portal
Shadow

नबिल बैंकका३८ नयाँ शाखा सातै प्रर्देशमा एकैचोटी संचालनमा


नबिल बैंकको एकैपटक ३८ नयाँ शाखा उद्घाटन, ग्राहकमाझ वित्तीय चेतना फैलाउने

काठमाडौं । नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले विहीबार काठमाडौंमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको जानकारी दिएको हो ।

सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा वढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, सरल र सवल बैंकिङ सेवा प्रदान गर्न कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ गण्डकी प्रदेशमा तीन, तुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा गरी ३८ वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको बैंकले जनाएको छ ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समिति नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरुको उद्घाटन गरेका हुन् । त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

Total Page Visits: 117 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्