Thursday, February 29Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । बिहिबार सुनको मूल्य प्रतितोला १लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ मूल्य कायम भएको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 69 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्