काठमाडौं । सहकारी संस्थाहरुमा राखिएको बचत फिर्ता नदिएपछि बचतकर्ताले आज काठमाडौंंको माइतिघरमा आन्दोलन गर्ने भएका छन् । गत बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै पीडितले आज १२ बजे शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका हुन् । उक्त आन्दोलनले सरकारलाई दवाव सृजना गर्ने र सहकारीका संचालकहरुलाई कारबाही हुने उनीहरुको अपेक्षा छ ।
देशभरी नै सहकारीबाट ठगिएको भन्दै आवाज उठ्न थालेको छ । सहकारी क्षेत्रलाई स्वनियमनमा छोड्दा अहिले यो समस्या निम्तिएको जानकारहरु बताउँछन् । सहकारी क्षेत्रमा एक खर्बभन्दा बढी डिपोजिट जोखिममा रहेको बताइएको छ । राजनीतिक संरक्षणका कारण सहकारीले सर्वसाधारणलाई ठग्ने गरेको कतिपयको गुनासो छ ।