Saturday, September 7Nepal News Portal
Shadow

नेप्से परिसूचक ४९.१७ अंकले वृद्धि, ४ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार


काठमाडौं, १५ पुस (ससं) । बुधबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४९.१७ अंक वृद्धि भएर २०६२.०६ विन्दुमा रोकिएको छ । परिसूचक हिजो २०१२.८९ विन्दुमा थियो । बजार खुलेदेखि उकालो लागेको थियो ।

२०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड, नागरिक लगानी कोष र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य ९.९९ प्रतिशत र हिमालयन डिष्टिलरीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य ५ हजार ७१० रुपैयाँ, नागरिक लगानी कोषको ३ हजार ३६८ रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ हजार ९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३४ करोड ४४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूूचक वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि उत्पादन तथा प्रशोधन समूहको ६.८९ प्रतिशत भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्