Thursday, February 29Nepal News Portal
Shadow

४८ वटा ब्रोकरले गरे कारोबार बन्द


काठमाडौं । सेयर लगानीकर्ताले नेप्सेको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्न दबाब दिएसँगै आइतबार (आज) ४८ वटा ब्रोकरले कारोबार बन्द गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सुरुमा ६ वटा ब्रोकरले टीएमएस खोलेका थिए । तर, ११ः१५ सम्म आइपुग्दा ३ वटाले मात्र कारोबार खुला गरेका छन् ।

ब्रोकरले डाइरेक्ट नेटवर्क एक्सिस (डीएनए) नदिएपछि लगानीकर्ताले सेयर अडर गर्न मिल्दैन । पछिल्लो समय आर्थिक विधेयकमा गरिएको व्यवस्थालाई लिएर लगानीकर्ता आन्दोलनमा रहेका छ । अहिले पनि लगानीकर्ताहरू अर्थमन्त्रीसँग छलफलमा रहेका छन् ।

Total Page Visits: 78 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्