Wednesday, September 18Nepal News Portal
Shadow

हिमाल दोलखाको हकप्रद शेयर आजदेखि निष्कासन


काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ २२ गते) हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्तापूँजीँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त अनुपातमा प्रतिशेयर रू। १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो ।

यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फतसमेत आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाबाट २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाबाट २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन भइरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग ७२ करोड ५१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने माई साना क्यास्केट जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्