काठमाडौं । विकास दुगड निर्विरोध नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको साधारणसभामा दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली उद्योगले प्रयोग गर्ने कच्चापदार्थमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएकाले त्यसलाई खारेज गर्न समेत साधारणसभामार्फत माग गरिएको छ ।