Tuesday, February 20Nepal News Portal
Shadow

घट्यो क्रसफायर बाइकको भाउ


क्रसफायर बाइकको भाउ घटेको छ। नेपालको लागि क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

कम्पनीले क्रसफायर आरएम २५०, क्रसफायर एचजे २५० र क्रसफायर ट्र्याकर २५० गरी ३ मोडलमा मूल्य घटाएको हो।

यसअघि आँठ लाख ८८ हजार रूपैयाँ पर्ने क्रसफायर आरएम २५० को नयाँ मूल्य ४५ हजारले घटेर ८ लाख ४३ हजार तोकिएको छ।

नयाँ मूल्य सूची अनुसार अब क्रसफायर एचजे २५० जम्मा ६ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ। यसभन्दा अघि एचजे २५० को बजार मूल्य सात लाख ७० हजार रूपैयाँ थियो। यो बाइकमा एकैपटक ७१ हजारले मूल्य घटेको हो।

त्यस्तै क्रसफायर ट्र्याकर २५० को मूल्य ४० हजार रूपैयाँ घटेको छ। यसअघि चार लाख १० हजार रूपैयाँ पर्ने यो बाइकको नयाँ मूल्य ३ लाख ७० हजार रूपैयाँ तोकिएको छ।

Total Page Visits: 94 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्