काठमाडौं, १५ पुस (ससं) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार बिहान साढे ११ बजे सीतालाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहाले जानकारी दिएकी छिन् ।
अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सीता दाहाल लामो समयदेखि पाकिन्ससलगायत रोगबाट पीडित छिन्।