काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी एफ५४ स्मार्टफोन ५जी को साथ बजारमा भित्रियको छ।
यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको कम्पनीले भनाइ छ।
जसमा १०८ मेगा पिक्सलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन छ।
६.७ सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरूले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन्।
यो फोन ८ जिबी र्याम क्षमता र २५६ जिबी आन्तरिक मेमोरीको साथ उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउँनेछन्।
यो बाहेक मुख्य क्यामेरामा भएको ओआइएस तथा भिडिआइएसले कम प्रकाशमा, रातको समयमा पनि सफा स्पष्ट डिटेल भएका उत्कृष्ट फोटोहरू खिच्छ।
यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो र भिडियो कलहरू गर्न सकिन्छ।
कम्पनीका अनुसार अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित यो फोन निक्कै टिकाउ छ।
उत्कृष्ट ६ हजार एमएएच ब्याट्री रहेको यस फोनले प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ।
२५वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्छ।
यस्तै, ग्राहकले ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्षसम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि पाउँनेछन्।
यसमा रहेको भ्वाइस फोकसले आसपासको आवाजहरूलाई कम गर्नुका साथै भोइस वा भिडियो कलको बेला आवाजलाई स्पष्ट बनाउँछ।
सिल्भर र निलो रङमा उपलब्ध यो स्मार्टफोन ८२५६ जिबी भेरियन्ट ५२ हजार ४९९ रुपैयाँमा देशभरका सबै शोरुमहरूमा पाइने कम्पनीको भनाइ छ।