काठमाडौं । आज साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ७.२७ अंकले बढेको छ।
यस दिन नेप्से ०.३८ प्रतिशतले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँमा सीमित भएकाु छ।
यस दिन २७३ वटा धितोपत्रको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार दोल्ती पावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८७ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, भूगोल इनर्जीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २२३ रुपैयाँ पुगेको छ।
यसैगरी, रिभर फल्स पावरको सेयर मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९९ रुपैयाँ ७० पैसामा झरेको छ।
बिहीबार आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४७४ रुपैयाँमा दश करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ७१५ रुपैयाँमा नौ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।