Wednesday, February 21Nepal News Portal
Shadow

५३ प्रतिशतले बढ्यो धान आयात


काठमाडौं । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट ६ अर्ब १० करोड रुपैयाँबराबरको २ लाख २ हजार ५ सय ३९ मेट्रिक टन धान आयात भएको थियो।

चालू आर्थिक वर्ष (आव)को सोही अवधिमा ११ अर्ब ३८ करोड रुपैयाँबराबरको ३ लाख ८ हजार ९ सय ३३ मेट्रिक टन धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालू आवमा गत आवको तुलनामा १ लाख ६ हजार ३ सय ९४ मेट्रिक टन बढी धान आयात भएको हो।

त्यस्तै गत आवको साउनदेखि वैशाखसम्ममा २ अर्ब ५८ करोड रुपैयाँको ४० हजार बराबरको २ सय ५४ मेट्रिक टन चामल आयात भएकामा चालू आवको सोही अवधिमा २ अर्ब ४५ करोड रुपैयाँबराबरको ३१ हजार १ सय ३५ मेट्रिक टन चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिएका छन्। उनका अनुसार चालू आवमा नौ हजार १ सय १९ मेट्रिक टन चामल कम आयात भएको छ।

चामलको आयात घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव खाद्य उद्योगमा परेको सरोकारवालाको भनाइ छ। स्वदेशी उत्पादनलाई बढाउन सिँचाइ सुविधाको व्यवस्था, उन्नत जातको बीउ, आवश्यक मलखादलगायत सामाग्री सरकारले किसानलाई उपलब्ध गराएर खाद्यान्नमाथिको परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने सरोकारवाला बताउँछन्।

Total Page Visits: 98 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्